बेल्जियमद्वारा क्यानडा पराजित

Read Time = 1 min

दोहा । बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुवात गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा क्यानडालाई १=० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजयी यात्रा तय गरेको हो । मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल साबित भयो । उहाँले खेलको ४४औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गर्नुभएको हो ।

त्यसअघि खेलको ११औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गर्नुभएको थियो । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र हृयाण्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अंक जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?