काठमाडौं । चलचित्र ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक गरिएको छ । पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्रको टिजर सार्वजनिक गरिएको हो । आगामी पुस २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचत्रिको शुक्रबार सार्वजनिक एक मिनेट ३० लामो टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ ।
रमेश एमके पौडेल निर्देशित सिनेमामा पुष्प र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्कबहादुर पुन ‘खबपु’ लगायतको मुख्य भूमिका छ । यो पौडेलको निर्देशकीय डेब्यु चलचित्र हो । यसमा पौडेलकै कथा, गीत र लगानी छ ।
चलचित्रलाई सविर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेख्नुभएको हो । आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको चलचित्रमा पासाङ लामा निर्माता हुनुहुन्छ भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सहनिर्माताका रूपमा हुनुहुन्छ । चलचित्रको कार्यकारी निर्माता सविर श्रेष्ठ हुनुहुन्छ । ०००
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच