बुटवलमा पनि डिसहोम फाइबर नेट सोरुम

Read Time = 1 min

बुटवल । डिसहोम फाइबर नेटले बुटवलको ट्राफिक चोकमा सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रोनिक्स सप्लायर्सले सञ्चालन गर्ने गरी सोरुम सञ्चालनमा ल्याएको हो ।

डिसहोमको एरिया सेल्स म्यानेजर प्रदिप सुवेदी र सेल्स अफिसर विनोद सुवेदी, नेपाल डिटिएच लिंकका प्रोप्राइटर राजकुमार सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर सुवेदीले सोरुम उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा सेल्स म्यानेजर सुवेदीले छ महिनाको छोटो अवधिमै सो क्षेत्रमा डिसहोमको फाइबर नेट प्रयोगकर्ता आठ हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेको र डिसहोम फाइबर नेटप्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?