हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकाया (सुधार) विजयी हुनुभएको छ ।

आज बिहान सकिएको मत गणनामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति सिंह विजयी हुनुभएको हो । सिंहले १९६८ मत ल्याउँदा निर्वतमान अध्यक्ष फडेराले १३२९ मत ल्याएको मतदान अधिकृत यमप्रसाद बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकाया (सुधार)ले १९९६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेरदवार लोकेन्द्र भण्डारीले १००६ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलो पटक एमाले पराजित भएको हो । जिल्लाकै निकै चासोका रुपमा हेरिएको अदानचुलीमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित हुनुभएको हो ।

६ वटा वडा भएको गाउँपालिकामा चार वडामा माओवादीका उम्मेरदवारले वडा अध्यक्ष विजयी भएका छन् भने नेकपा एमाले र एकीककृत समाजवादीले एकएक वडामा उम्मेरदवार विजयी भएका छन् ।

माओवदी केन्द्रको तर्फबाट वडा नम्बर १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषी पाष्डे, ६ मा वृखबहादुर बुढाको प्यानल विजयी भएको छ भने वडा नम्बर १ मा नेकपा एमालेका नन्द महताराको प्यानल विजयी भएको छ । यसैगरी गठबन्धनमा संलग्न एकीकृत समाजवादीकातर्फबाट वडा नम्बर ५ मा कमल छत्यालको गठबन्धनको प्यानल विजयी भएका छन् । यसैगरी वडा नम्बर ६ मा माओवादी केन्द्रबाट वृखबहादुर बुढाको प्यानल विजयी भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?