आज नेप्सेमा सामान्य सुधार

Read Time = 2 mins

काठमाडौं । मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशतले उकालो लागेको छ ।

सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएकाै थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।
मंलबार २५ लाख ८९ हजार बढीको कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।
यस्तै १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । साथै, ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ ।
त्यस्तै, धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाको कारोबार भएको र नविल बैंकमा भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाको कारोबार भएको छ ।

मंग्लबार विकास बैंक, फाइनान्स, हाइड्रो पावर, जिवन बिमा, माइक्रो फाइनान्स, अन्य र म्युचुअल फण्ड  कम्पनीहरुमा वृद्धि भएको छ । यस्तै अरु कम्पनीहरुमा ओरालो लागेको नेप्सेले जनाएको छ ।


Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?