पूर्वाधार बिनै प्रदेश राजधानी नसार्न कांग्रेस रुपन्देहीको आग्रह

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ्ग सार्न लागिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नवन्दै बर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरीरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचनाहरु निमार्ण भएपछि नयाँ बन्ने सरकारलाई दिनु पर्ने माग गरेको छ ।

प्रदेश सभाबाट दाङ्गको देउखुरी उपत्यका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णय अनुसार अहिले त्यँहा संरचना नै निमार्ण नभएको अवस्थामा राजधानि सार्न हतार गरीएको भन्दै कांग्रेस रुपन्देहीले हतार नगर्न आग्रह गर्दै यो माग अघि सारेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बिज्ञप्ती जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निमार्ण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असर तर्फ पनि प्रदेश सरकार सचेत हुनु पर्ने उल्लेख गरेका छन् । ‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद, बिषयगत समिति लगायतका संरचनाको नियमित संचालन र व्यबस्थान गर्न साथै प्रदेश सभा र सरकार सङ्गै जाने सभासद र कर्मचारीको आवासका लागी पर्याप्त पुर्वाधार नभएको स्थानमा जवजस्ती लैजानु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रभाहमा समेत प्रतिकुल असर पर्ने देखीएकोले तत्काल मुकाम सार्ने प्रक्रीया रोकी भौतिक संरचना निमार्णमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ सभापति खाणद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रदेशको मुकाम कहाँ राख्ने र सार्ने भन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेश बासीको दैनिकीसँग जोडीने गरी कानुन निर्माणामा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ । पछिल्लो निर्वाचनको साङ्केतीक अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ त्यहीबाट चुस्त रुपमा सेवा संचालनको माग कांग्रेसको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?