दोलखा प्रदेश सभा (ख)मा एमालेका भरतबहादुर केसी विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दोलखा प्रदेश सभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी हुनुभएकाे छ । उहाँ १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गर्नुभयाे ।

कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित हुनुभएकाे थियाे । यसअघि उहाँ माओवादी केन्द्रका विशाल खड्कासँग पराजित हुनुभएकाे थियाे ।

यसपटक प्रदेश सभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुनुहुन्छ । लामाले आफूलाई अन्तर्घात गरेर हराइएको आरोप लगाउनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?