भ्याली पब्लिक र काष्ठमण्डप उपाधि नजिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक भ्याली पब्लिक र काष्ठमण्डप १५औँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा फाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले एचएचसिएलाई १७-११ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले ११ अंकको योगदान गर्नुभयो । आस्ना अर्यालको १० अंकको सहयोगमा काष्ठमण्डपले ग्रिनल्याण्डलाई २६-१५ ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिक र गोल्डेनपिकले उपाधि भिडन्त पक्का गरे । भ्याली पब्लिकले हिमालयन किङ्डममाथि ६६-३६ को सहज जित दर्ता ग¥यो । भ्याली पब्लिकका अनमोल गुरुङ र सुशान चौधरीले समान १९-१९ अंक जोड्नुभयो । गोल्डेनपिकले बसुन्धारा नेसनल एकेडेमी (बिएनए) को चुनौती ३९-३७ ले समाप्त पार्‍यो । विजेताका दिनेश रापालले १४ स्कोर गर्नुभयो ।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड र बिएनए उपाधिका लागि भिड्ने भएका छन् । ग्रिनफिल्डले गोल्डेनपिकलाई २७-२१ ले पाखा लगायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १८ अंक जोड्नुभयो । बिएनएले एन्जल्स हार्टमाथि २४-२३ को कठिन जित निकाल्यो । बिएनएका एलेक्स गुरुङले ११ स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?