काठमाडौं । बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय सिनेमा महोत्सव (किम्फ)मा प्रमुख वक्ताको रुपमा सहभागी हुनुहुने भएको छ । आयोजक हिमाल एसोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रूपमा सहभागि हुने जानकारी विज्ञप्तिमार्फत गराएको हो । झा अभिनित तथा एम गनी निर्देशित चलचित्र ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ ।
सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन् ।
यसपटकको संस्करणमा ३० मुलुकका ६० वटाभन्दा बढी सिनेमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, छोटो चलचत्रि, एनिमेसन र प्रयोगात्मक चलचित्र देखाइने बताइएको छ । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ ।
किम्फ २०२२ को शुभारम्भ हेर्ने कथा शृंखलाअन्तर्गतको सिनेमा ‘बाघको बंगारा’ प्रिमियरसँगै हुनेछ । यस सिनेमाले जाजरकोटका स्थानीयले गर्ने मह शिकारको कथा पेश गर्छ । फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको चलचित्र ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।
महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने चदलचित्रले क्रमश : दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका चलचित्रलाई एक लाख र पचहत्तर नगद पुरस्कार दिइनेछ । त्यस्तै इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट सिनेमाले ‘बेस्ट इसिमोड माउण्टेन सिनेमा अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने चलचित्रले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत पचास हजार पाउनेछ ।
किम्फ २०२२ को जुरीमा जर्मन लेखक/निर्देशक/निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन चलचित्रमा निर्देशक÷निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन चलचित्रमा महोत्सवका कार्यक्रम निर्देशक जिन्ना ली हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको सहआयोजनमा किम्फको बीसौं संस्करण यही मंसिर २२ देखि २६ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच