बिर्तामोडमा सेनिटरी प्याड उत्पादनसम्बन्धि तालिम सञ्चालन

Read Time = 2 mins

काठमाडौ । बिर्तामोडमा जेबि टुहुरे फाउन्डेसनको आयोजनमा ५ दिने सेनिटरी प्याड उत्पादन सम्बन्धि तालिम सञ्चालन भएको छ।

बिर्तामोड नगरपालिकाको सहकार्यमा तालिम सञ्चालन भएको हो । 'सीप सिकौँ, रोजगार बनौँ' नाराका साथ तालिम सञ्चालन भएको हो ।

बिर्तामोड नगरपालिकाको प्रत्येक वडाका एकरएक जनालाई समेटेर तालिम दिइएको हो । 'स्थानीय स्तरका मानिसलाई तालिम दिई रोजागारको वातारण सृजना गर्न तालिम सञ्चालन गरेको हो । आर्थिक रुपले बिपन्न रहेका परिवारले यो तालिमबाट लाभ लिन सक्छन् ।

जेबि टुहुरे फाउन्डेसनले बिगत लामो समयदेखि स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्दै आएको छ । यस भन्दा अघि पनि फाउन्डेसन कै आयोजनामा आँखा शिबिर सञ्चालन भएको थियो ।

निकट भविष्यमा अन्य विभिन्न स्वास्थ्यसम्बन्धि कार्यक्रम सञ्चालन गर्ने फाउन्डेनकी अध्यक्ष निर्भिका टुहरेले बताउनु भयाे ।

स्थानिय स्तरमै सेनिटरी प्याड उत्पादन सम्बन्धि तालिम सरस्वति चम्लागाई तथा भुवन परियारले दिइरहनु भएको छ । आजबाट सुरु भएको तालिम ५ गतेसम्म जारी रहने टुहुरेले बताउनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?