सुर्खेत । नेकपा एमालेको आज बसेको वैठकले कर्णाली प्रदेशबाट समानुपातिकतर्फ पाँच जना प्रदेशसभा सदस्यको टुंगो लगाएको छ ।
नेकपा एमालेको आजको वैठकले निर्वाचन आयोगलाई बुझाएको सूचि अनुसार हुम्लाका कलबहादुर हमाल यस्तै, जनजातीबाट सुर्खेतकी नन्दा गुरुङ्ग, दलित महिलाबाट दैलेखकी गमता विक, खस आर्यतर्फबाट कालिकोटकी दक्षिणा शाही र रुकुम पश्चिमकी तुलसा मल्ल छानिनुभएको छ ।
एमालेले प्रत्यक्षतर्फका २४ सिट मध्ये कर्णालीमा पाँच सिट जितेको छ । एमाले कर्णालीमा दश सिट सहित तेस्रो दल बनेको हो ।
१४ सिट सहित कांग्रेस पहिलो, १३ सिटसहित माओवादी दोस्रो बनेका छन् । राप्रपा र नेकपा एसको भागमा एक एक सिट परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच