आइएमई पे र सेञ्चुरीबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई पेका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र बैंकका प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार डिजिटल सहजताका लागि आइएमई पे मोबाइल वालेट एपमा बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । हालसम्म नेपालका २३ बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरिसकेको आइएमई पेले उक्त लिंक अपका विभिन्न फाइदा रहेको जनाएको छ ।

आइएमई पेमा बैंक लिंक गरेपछि ग्राहकले आफ्नो सुविधाअनुसार सेञ्चुरी कमर्सियल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?