स्मार्ट च्वाइस र फस्र्ट पेबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्युआर र फस्र्ट पे क्युआरबीच अन्तर आबद्धताका लागि सम्झौता भएको छ । स्मार्ट च्वाइसको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र फस्र्ट पेका प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंकले २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालकलाई अन्तरआबद्धताका लागि निर्देशन दिएको थियो । विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा प्रदान गर्दै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्तानी संयन्त्रमार्फत् कारोबार गर्न सकिने क्युआर सेवा प्रदान गर्दै आएको फस्र्ट पे टेक्नोलोजिजबीचको सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने कम्पनीको अपेक्षा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?