शाओमीका तीन नयाँ उत्पादन

Read Time = 3 mins

काठमाडौं । शाओमीले शाओमी एस १ एक्टिभ, रेडमी स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामेरा ३६० नेपाली बजारमा ल्याएको छ । कम्पनीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गत होम सेक्युरिटी क्यामेरा घर सुरक्षाका लागि र बाँकी दुई स्मार्ट वाच रहेका छन् ।

सो अवसरमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पण्डाले भन्नुभयो, ‘हामी सधैँ सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरू उपभोक्तामाझ ल्याउन प्रयासरत छौँ । हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताका लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फमेन्स भएको र उपयोगी फिचरयुक्त उत्पादन दिन सकौँ ।’ कम्पनीका अनुसार शाओमी एसवान एक्टिभ फिट्नेसमा रुचि राख्नेहरूका लागि उपयोगी लेटेस्ट र स्टाइलिस स्मार्ट वाच हो । जसमा १.४३ इन्चको हाई रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाई रिफ्रेस स्क्रिन रहेको छ ।

२४ सै घण्टा मुटुको चाल रेकर्ड गर्नुका साथै अन्य एक सय १७ वटा फिट्नेस मोड पनि रहेका छन् । नर्मल मोडमा १२ दिन र ब्याट्री सेभर मोडमा २४ दिन टिक्ने स्मार्ट वाच वाटरपु्रफसमेत रहेको कम्पनीले जनाएको छ । त्यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ, जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुका साथै मुटुको चाल पनि रेकर्ड गर्छ । मिहोम सेक्युरिटी क्यामेरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ ।

क्यामेराले ३६० एङलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् । जसमा ३२ जिबीसम्मको स्टोरेज पनि रहेको छ । शाओमी एसवान एक्टिभ स्मार्ट वाचको मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने रेडमी स्मार्ट ब्यान्ड प्रोको मूूल्य छ हजार एक सय ९९ सय, मिहोम सेक्युरिटी क्यामेरा ३६० को मूल्य चार हजार चार सय ९९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?