कांग्रेस र एमाले मिलेर सरकार बनाउनु उपयुक्त हुन्छ : सुर्य थापा

Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले) का सांसद सुर्य थापाले काँग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताउनु भएको छ ।

मुुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरु काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उहाँको तर्क थियो । बिहीबार प्रतिनिधिसभा सदस्यको सपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था अझै नरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘सरकारको नेतृत्वमा को आउनु हुन्छ ? काँग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि । अव ठूला शक्ति भएको हुनाले नेपाली काँग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ ।’

सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरु अघि बढनुपर्ने धारणा समेत राख्नु भयो । उहाँ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?