एक महिना समुद्रमा अलपत्रपछि इन्डोनेसिया पुगे रोहिंग्या

हिमालय टाइम्स
Read Time = 2 mins

बाली । दर्जनौं रोहिंग्या शरणार्थीहरू बिग्रिएको इन्जिन भएको काठको डुंगामा पश्चिमी इन्डोनेसियाको समुद्र तटमा पुगेका स्थानीय अधिकारीहरूले बताएका छन् ।

समुद्रमा एक महिना बिताएपछि उनीहरू भोकै र कमजोर भइसकेका छन् । कम्तिमा तीन जनालाई अस्पताल लगिएको थियो । बिबीसीका अनुसार उनीहरू हप्तौंअघि समुद्रमा अलपत्रमा परेका कम्तीमा १५० रोहिंग्याहरूको समूहको हिस्सा हुन् वा होइनन् भन्ने प्रष्ट हुन बाँकी छ ।

रोहिंग्याहरू म्यानमार (बर्मा) मा आफ्नो मूल घरमा पीडित बनेका जातीय अल्पसंख्यक हुन् ।

५७ जना मानिस सवार काठको डुंगा आइतबार बिहान आचे प्रान्तमा अवतरण भएको स्थानीय प्रहरी प्रवक्ता विनार्डीले बताए । ‘डुङ्गाको इन्जिन बिग्रिएको थियो र यसलाई हावाले आचे बेसार जिल्लाको लाडोङ गाउँको किनारमा पुर्यायो’, प्रवक्ताले भने ।

‘उनीहरूले भने कि उनीहरू एक महिनादेखि समुद्रमा बगिरहेका छन्’, एक स्थानीय अध्यागमन अधिकारीले भने कि । शरणार्थीहरूलाई अस्थायी रूपमा सरकारी सुविधामा राखिने उनले जानकारी दिए ।

अन्य सञ्चारमाध्यमका अनुसार ५८ जना पुरुष आचे पुगेका छन् । आप्रावासीले कहाँबाट डुंगा तैरेका थिए भन्ने तत्काल जानकारीमा आएको छैन, यद्यपि अधिकांश शरणार्थी १२०० माइलको दूरीमा रहेको बंगलादेशमा विभिन्न शिविरमा बस्छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?