आरबी लाइप्जिग जर्मन कप च्याम्पियन

Read Time = 2 mins

लन्डन । आरबी लाइप्जिग जर्मन कप फुटबलको च्याम्पियन बनेको छ । लाइप्जिगले फ्रेइवर्गलाई टाइब्रेकरमा चार–दुई गोलअन्तरले पराजित गर्दै उपाधि उचाल्ने पक्का गरेको हो । निर्धारित समयमा एक/एक गोलको बराबरी तथा अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा लाइप्जिगले बाजी मार्‍यो ।

टाइब्रेकरमा लाइप्जिगका क्रिस्टोफोर एनकुकु, विल्ली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गर्नुभयो । फ्रेइवर्गका निल्स पिटर्सन र केभिनले मात्रै गोल गर्न सफल हुँदा क्रिस्टियन गुन्टर र इर्मिडिन डेमीरोभिकले गोल गर्न सक्नुभएन ।

त्यसअघि खेलको १९औँ मिनेटमा म्याक्सिमिलियन इगेस्टिनको गोलबाट फ्रेइवर्गले सुरुवाती अग्रता लिएको थियो । ७६औँ मिनेटमा क्रिस्टोफोर एनकुुकुले विल्ली अर्वनको पासमा गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याउनुभयो । लाइप्जिग तेस्रोपटक फाइनल प्रवेश गर्दै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । पहिलोपटक फाइनल प्रवेश गरेको फ्रेइवर्गले उपाधि भने जित्न सकेन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?