चलचित्र निर्माताको भेला गर्दै निर्माता संघ

Read Time = 1 min

काठमाडौं । ‘चलचिको विकास र विस्तारको खोजी’ मूल नारासहित चलचित्र निर्माता संघले पुसको तेस्रो साता काठमाडौंमा भेला आयोजना गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि रणनीति तय गर्न भेला आयोजना गर्न लागिएको निर्माता संघले जनाएको छ ।

भेलाले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि रणनीति तय गर्ने र सोही अनुसारको कार्ययोजना बनाएर अगाडि बढ्ने चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बताउनुभयो । ‘भेलाले कार्यक्रम तय गर्नेछ र हामी सम्बन्धित मन्त्रालय, चलचित्र विकास बोर्ड, चलचित्र संघमा आफ्ना योजना र माग लिएर जानेछौँ’, अध्यक्ष खडकाले भन्नुभयो ‘हाम्रा माग सुनुवाइ नभए धर्ना, जुलुस, विरोध कसरी गर्ने गर्नेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?