काठमाडौं । प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता भएको छ । सम्झौतापत्रमा युनियन लाइफतर्फबाट अध्यक्ष सुलभ अग्रवाल, प्राइम लाइफतर्फबाट पियुषराज अर्याल र गुराँस लाइफतर्फबाट विवेक दुगडले हस्ताक्षर गर्नुभएको छ ।
मर्जरपछि कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरन्स कम्पनी लिमिडेड’ रहने सहमति भएको छ । गत वैशाख २९ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका तीनवटै कम्पनीका अध्यक्षहरूले डिडिए प्रतिवेदनपछि अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरपछि बन्ने हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा हाल युनियन लाइफमा रहनुभएका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण रहने र अन्य दुई कम्पनीका प्रमुख कार्यकारी अधिकृत गुराँसका विपिनलाल कर्ण र प्राइम लाइफका निर्मल दाहाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुनेछ ।
सञ्चालक समितिको अध्यक्षमा पनि युनियनकै सुलभ अग्रवाल रहने सहमति भएको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी सात अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच