काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ ।
आइतबार बिहान ट्वीट गर्दै उपसभापति खड्काले दायाँबायाँ नसोचि, नहेरि राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई सुझाव दिनुभएको हो ।
उहाँले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेर संशयको घेराबाट आफूलाई निर्वाचन आयोगले बाहिर निकाल्न उपयुक्त हुने बताउनुभयो ।
‘दायाँबायाँ नसोचि, नहेरि। निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुनेगरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ।’ खड्काले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच