पूर्वसांसद कर्मा घलेको निधन

Read Time = 1 min

काठमाडौं । पूर्वसांसद एवं कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा क्यान्सरको उपचार गरिरहेका घलेको मंगलबार उपचारको क्रममा निधन भएको हो ।

५९ वर्षीय घले २०७४ मा समानुपातिक सांसद हुनुहुन्थ्यो । कांग्रेसले शोक विज्ञप्तिमार्फत घलेको निधनले नेपाली कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति भएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?