आइसिसी विश्वकप टिकट माइपे वालेटबाट

Read Time = 2 mins

काठमाडौं । आइसिसी विश्वकप लिग २ नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिदेशीय क्रिकेट प्रतियोगिताको टिकट माइपेमार्फत् खरिद गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको व्यवस्थासमेत गरेको छ । खेल फागुन २ देखि कीर्तिपुरको टियु क्रिकेट मैदानमा हुँदैछ ।

क्यानले सामान्य टिकटको मूल्य एक सय ५० र भिआइपी टिकटको तीन सय ५० रुपैयाँ निर्धारण गरेकोमा माइपेमार्फत् डिजिटल खरिदमा साधारण टिकटको मूल्य एक सय ३० र भिआइपी टिकटको तीन सय २० निर्धारण गरेको छ । माइपेले डिजिटल टिकटलाई प्रोत्साहित गर्न टिकटमा छुटको व्यवस्था गरेको माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले बताउनुभयो ।

पछिल्लो समय नेपाल टी-२० लिगमा स्पट फिक्सिङका कारण प्रतियोगिता नै विवादमा परेपछि नेपाली क्रिकेट फ्यानहरू निरुत्साहित भइरहेका बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको व्यवस्था गरेको माइपेले जनाएको छ । लिग २ मा नेपालले हालसम्म २४ खेल खेलेकोमा आठ जित र १४ हार बेहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । नामिबिया ३७ अंकसहित तेस्रो र स्कटल्याण्ड ४६ अंकसहित शीर्षस्थानमा छ । माइपेले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियु क्रिकेट मैदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्नसमेत आहृवान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?