काठमाडौं । सेयर बजार मंगलबार राताम्मै भएकाे छ ।
मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५ विन्दुमा पुगेको छ । यसअघि आइतबार सेयर बजार ६०.८८ अंकले घटेको थियाे ।
मंगलबार सबै समूहको सेयर घटेर बजार राताम्मै भएका छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।
मंगलबार युनिलिभर नेपाल लिमिटेडको शेयर ६ प्रतिशतले, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीको ५ प्रतिशतले बढेको छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच