तीन प्रदेशमा आंशिक बदली, अन्य भू-भागमा मौसम सफा रहने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले समान्यतः मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज(बुधबार) बिहान प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?