काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबार बिहान ११ बजेदेखि बस्न लागेको हो ।
बैठकमा देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल हुने बताइएको छ ।
जसपाले उपराष्ट्रपतिमा दावी गर्दै आइरहेको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपतिले पाउने नपाउने टुंगो छैन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ । आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे छलफल हुनेछ ।
साथै, जसपाले नेकपा एकीकृत समाजवादीलगायत अन्य साना दलहरूसँग पनि एकीकरणका लागि छलफल गरिरहेको छ । विभिन्न पार्टीसँगे एकता प्रक्रियाका विषयमा समीक्षात्मक छलफल हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच