काठमाडौं । नेकपा एकीकृत सामाजवादीले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियू निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समिति गठन गरेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।
त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियू निर्वाचन, परिचालन समिति गठन गरेको छ भने पिताम्बर तिम्सिनाको नेतृत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको महासचिव वेदुराम भुसालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच