संजयको क्यामरामा दुर्लभ श्यामश्वेत भुई रबिन चरा 

काठमाडौं । वन्यजन्तु फोटोग्राफर सञ्जय था: श्रेष्ठले नेपालका लागि दुर्लभ चरा पाईड ह्वीटर वर्डको तस्बिर आफ्नो क्यामरामा कैद गर्न सफल हुनुभएको छ । उक्त चरा थ्याम श्वेत भुई रबिन नामले परिचित छ ।

यो चरा युरोपदेखि दक्षिण एसियासम्मको क्षेत्रमा पाइने गर्छ । तर नेपालको लागि फाट्टफुट्ट देखिए पनि अभिलेखिकरण भने हुन सकेको थिएन । श्रेष्ठले यो चराको तस्बिर लिन सफल भएसँगै अभिलेखिकरणसमेत भएको छ ।

उहाँले मध्यपुर थिमि नगरपालिका–८ स्थित मनोहरा किनारमा उक्त चराको तस्बिर लिन सफल हुनुभएको हो । चराप्रेमीहरू कुर्वान मनसुरी र आयुशा पौडेल सहितको टोलिले फागुन २४ गते उक्त दुर्लभ चरा भेटाउन सफल भएको हो ।

उक्त चरा नेपालको लागि रैथाने चरा होइन । संजयले ६ सय भन्दा बढी रैथाने तथा आकान्तुक चराहरूलाई अहिलेसम्म आफ्नो क्यामेरामा कैद गर्न सफल भइसक्नुभएको छ ।

यो चरा सन १९८५ जनवरी ११ मा टिम एन्ड्रयुद्वारा उपल्लो काली गण्डकी उपत्यकामा पहिलो पटक भेटिएका थिए । त्यस पश्चात सन १९९३ मा नाइजेल रेडमेनले लाङटाङ नेशनल पार्कमा दोस्रो पटक भेटिएका थिए भने सन २०१८ मा उदयपुरको कटारीमा अनिश तिम्सीनाले भेटाएको रेकर्ड छ । यो चरा अजरबैजान, चीन, चाड, इजिप्त, इथियोपिया, भारत लगायतका दर्जनौ देशहरूमा पनि पाइने गर्दछ ।

मध्यपुर थिमि ८ स्थित मनोहरा तट पछिल्लो समय चरा अनुसन्धान कर्ता तथा वर्ड फोटोग्राफरहरूका लागि विशेष आकर्षणका रूपमा रहँदै आएको छ । संजय नेतृत्वको टोलिले यसअघि पनि यस क्षेत्रमा थुप्रै लोपोन्मुख रैथाने तथा आगन्तुक हिउँदे चराहरूको अभिलेखिकरण गरिसकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?