लक्ष्मण र विमल सम्मानित, पारस र रोयल पुरस्कृत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साहित्यिक पत्रकार संघले चारजना सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अवसरमा गत साउनबाट विभिन्न कार्यक्रम आयोजनासहित स्वर्ण महोत्सव मनाइँदै आएको छ । यही अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुईजना पुस्तक सम्पादकलाई सम्मानित र दुईजनालाई पुरस्कृत गरेको हो ।

संघबाट सम्मानित हुने पुस्तक सम्पादकमा प्रा.डा.लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी हुनुहुन्छ । यस्तै पारसप्रकाश नेपाल र रोयल आचार्यलाई पुरस्कृत गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले उहाँहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभउको थियो ।

पारस प्रकाशलाई ११ हजार १०० रुपैयाँ र रोयल आचार्यलाई पाँच हजार ५०० रुपैयाँसहित पुरस्कृत गरिएको थियो । नेपाली कृतिहरूलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूर्ण भूमिका रहने गरेको उपकुलपति राईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?