युरोपियन युनियनका राजदूत र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेटवार्ता

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । युरोपियन युनियनका दुईजना राजदूत सहितको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् ।

सुदूरपश्चिमका तीन जिल्लाको भ्रमण सकेर धनगढी फर्केका युरोपियन युनियनका राजदूत र उहाको तीन सदस्य राष्ट्रहरू जर्मन, फ्रान्स र फिनल्याण्डका राजदूतहरूले बिहीबार मुख्यमन्त्री शाहसँग भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा सुदूरपश्चिमको विकास, सम्बन्ध लगायतको बारेमा छलफल भएको थियो ।

भेटका क्रममा राजदूतहरूले यस प्रदेशको विकास र चुनौतीबारे बुझ्न, निर्वाचित भएकोमा बधाई दिन र आफूहरूले सहयोग गरिरहेका परियोजनाबारे जानकारी दिएको मुख्यमन्त्रि तथा मत्रि परीसदको कार्यालयले जनाएको छ ।

उहाँहरूले भारतसँग खुला सिमाना रहेकाले यहाँको र भारतको समन्ध कसरी अघि बढिरहेको छ ? चुनौती के छ ? लगायतका बारेमा जिज्ञासा राख्नु भएको थियो । नेपालमा इयुले ऊर्जा, कृषि, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सपोट गरिरहेको फ्रान्स र जर्मनका राजदूतले भेटका क्रममा बतानु भएको थियो । उहाहरूले सुदूरपश्चिम प्रदेश आफूहरूको प्राथमिकतामा रहेको जानकारी दिनु भएको थियो ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यो क्षेत्रमा ऊर्जा, कृषि, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा धेरै गर्न बाँकी रहेकाले युरोपियन युनियनबाट अझ थप सहयोगको अपेक्षा रहेको राजदूतहरूलाई सुनाउनु भएको थियो ।

उहाले सहकार्य गर्न सुदूरपश्चिम प्रदेश सरकार तयार रहेको बताउँदै यो क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भयो । भेटका अवसरमा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम हरेक इन्डेक्समा पछाडि रहेकाले थप सहयोगका लागि आग्रह गर्नु भयो । उहाले भन्नु भयो, ‘शिक्षा, स्वास्थ्य, पछाडी परेको बर्गमा सहयोग गरिनै रहनु भएको छ, यसमा थप सहयोग बढाउनु हुने छ भन्ने अपेक्षा गरेका छौँ।’

मन्त्री देउवाले सुशासन र भ्रष्टाचार न्युनीकरण गर्न प्रदेश सरकारले अभियान सुरु गरेको बताउँदै यशलाई दिगो र परिणाममुखी बनाउन पनि युरोपियन युनियनलाई सहयोगका लागि आग्रह समेत गरेको बताउनु भयो ।

भेटमा सहभागी विभिन्न मन्त्रालयका सचिवहरूले स्थानीय स्तरमा स्वास्थ्य चौकीमा उपकरण अभाव, शिक्षामा संख्या बढेको गुणस्तरमा समस्या, दक्ष जनशक्ति अभाव लगायतका विषय राखेका थिए ।
फ्रान्स राजदुतले सुलूरपश्चिम प्रदेशमा उर्जा विकासका लागि धेरै सम्भावना रहेको, फ्रान्समा रहेको एउटा ठूलो कम्पनीको पनि यसमा लगानी गर्न चासो रहेको बताउनु भयो ।

ऊर्जा क्षेत्रमा भारत र नेपाल बीचको सम्बन्ध के छ ? भन्ने बारेमा फ्रान्सेली राजदूतको चासो राख्नु भएको थियो । उहाको चासोपछि मुख्यमन्त्री शाहले भारत नेपालको असल छिमेकी राष्ट्र भएकाले लगानी गर्दा कुनै समस्या नहुने राजदूतलाई आश्वस्त पार्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?