सरोगेसीकाबाट प्रियंकालाई सन्तान

Read Time = 2 mins

मुम्बई । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बन्नुभएको छ । प्रियंकाले इन्स्टाग्रामबाट आफू आमा बनेको जानकारी दिए पनि छोरा या छोरी के जन्मियो भन्ने केही खुलाउनु भएको छैन । 

प्रियंकाले लेख्नुभएको छ, ‘यो कुरा बताउँदा हामी खुशी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाइँसँग सम्मानपूर्वक आग्रह गर्छौं कि यो विशेष समयमा हाम्रो गोपनीयतालाई ध्यान दिनुहोला ।’

पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुनुहुन्छ । जो सरोगेसीका माध्यमबाट आमा बन्नुभएको छ । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जम्ल्याहा सन्तानकी आमा बन्नुभएको थियो । 

प्रियंकाकी छोरीको जन्म डाक्टरले दिएको समयभन्दा १२ हप्ता अगाडि नै भएको हो । शिशुको जन्म लस भेगासको बाहिरी क्षेत्र सदर्न क्यालोफोर्नियाको एउटा अस्पतालमा भएको हो । प्री-म्याचोर डेलिभरीका कारण शिशुमा कमजोरी देखिएकाले जबसम्म शिशु पूर्णरूपमा स्वस्थ्य हुन्नन्, तबसम्म उहाँलाई अस्पतालमा राख्ने निर्णय निक र प्रियंकाले गरेको समाचारमा जनाइएको छ ।

प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रूपमा चिनिनुहुन्छ । प्रियंका र निकको सन् २०१८ डिसेम्बर २ मा हिन्दू र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?