सुनको मूल्य बढ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ ।

महासंघले लगातार ८ दिन घटेपछि आज बुधबार सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६हजार १०० रुपैयाँ थियो ।

सुनको मूल्य यही असोजको ८ गतेदेखि निरन्तर घट्न थालेको थियो । असोज ७ गते तोलामा १ लाख १२ हजार २०० रहेको सुनको मूल्य हिजो मंगलबारसम्म आइपुग्दा १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले हिजो मंगलबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?