काठमाडौं । कतार एयरवेज क्युभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको वेबसाइट भिजिट गर्नेका लागि नौलो भर्चुअल रियालिटी (भिआर) अनुभव हो । एयरलाइनको वेबसाइटअन्तर्गत आफ्नै निजी विद्युतीय उपकरण (पिइडी) मार्फत् प्रयोगकर्ताले अब हमाद इन्टरनेसनल एयरपोर्टको प्रिमियम चेक इन क्षेत्र, एयरलाइनको विमानभित्रको क्याबिन इन्टेरियर तथा इकोनोमी क्लास क्याबिनको भर्चुअल यात्रा तथा अवलोकन गर्न सक्ने एयरवेजले जनाएको छ । एयरवेजका अनुसार कतार राज्यको राष्ट्रिय क्यारियर, मेटाहृयुमन क्याबिन क्रु डिजिटल अन्तरक्रियात्मक यात्रु अनुभव प्रदान गर्ने पहिलो ग्लोबल एयरलाइन हो ।
कतार एयरवेजका गु्रप चिफ एक्जेक्युटिभ अकबर अल बाकरले भन्नुभयो, ‘भौतिक सिमानालाई मेटाभर्सले बृहत् मात्रामा चुनौती दिन सुरु गरिरहेको अवस्थामा यात्राका पारखीका लागि हाम्रा अवार्ड विजेता उत्पादन तथा सेवाको अभूतपूर्व पृथक् अनुभव पस्कन प्रविधि अपनाउन पाउँदा हामी निकै उत्साहित छौँ । हामी नवीन प्रविधिका साथमा आफ्ना यात्रुको यात्रा सुमधुर बनाउँदै समग्र सन्तुष्टिको यात्रा प्रदान गर्न निरन्तर प्रयासरत छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच