भोजपुर आगलागी अपटेड : करिव तीन करोड बरावरको क्षति

Read Time = 2 mins

निरोज कोइराला/भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१४, बोयाको बिहिबारे बजारमा बिहीवार बेलुका लागेको आगलागीबाट करिव तीन करोड बरावरको क्षति भएको छ ।

उक्त आगलागीमा परी अढाई बर्षीया रेश्मा तामाङको मृत्यु भएको थियो भने चार घर जलेर नष्ट भएको थियो ।

बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तले घरबाट सुरु भएको आगोलागीबाट करिव दुई करोड ६० लाख २३ हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगोलागीमा परी मृतक बालिकाका बाबु खेममणी तामाङ र आमा मिना तामाङसमेत घाइते हुनुभएको छ । उहाँहरूको थप उपचार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । उक्त आगो स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा राती नियन्त्रणमा आएको थियो ।

आगलागीबाट खेममणी, र अर्जुन तामाङको दुई वटा घर र घरमा भएको किराना पसल तथा कपडा पसल समेत पुर्णरुपमा जलेर नष्ट भएको छ । घटनाका बिषयमा थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?