काठमाडौं । सफ्टवारिका कलेज अफ आइटी एण्ड इ-कमर्सले हरेक वर्ष कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा कोभेन्ट्री इमर्सन कार्यक्रम आयोजना गर्दै आएको छ । सोही कार्यक्रमका लागि १० नेपाली विद्यार्थीले भाग लिने अवसर पाएका थिए । कार्यक्रमले विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको थियो ।
यसैबीच विद्यार्थीले कोभेन्ट्रीको भ्रमण गरी कक्षाहरूमा संलग्न भएका थिए । विभिन्न गतिविधिमा भाग लिने मौका पाएका थिए । साथै सफ्टवारिका कलेज व्यवस्थापन टोलीको पनि सक्रिय सहभागिता थियो ।
भ्रमणका क्रममा विद्यार्थीले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाउँ जस्तै लण्डनको रोचक शहर र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थान घुम्ने मौका पाएको कलेजले जनाएको छ । सफ्टवारिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरूको वृत्ति विकासका लागि निकै महत्वपूर्ण हुने बताउनुभएको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न