नबिल युएसडिएमा सूचीकृत

Read Time = 2 mins

काठमाडौं । नेपालमा पहिलोपटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम (जिएसएम) अन्तर्गत युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडिए) मा सूचीकृत भएको छ । नबिलले युएसडिएद्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको हो ।

नबिल बैंक युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंनपछि उक्त कार्यक्रमअन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक बनेको छ । नयाँ व्यवस्थासँगै नबिलले युएसडिएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमा सुविधा प्रयोग गर्न सक्नेछ । युएसडिए कार्यक्रमअन्तर्गत सामान आयात गर्न नबिलले आफ्ना ग्राहकतर्फबाट जारी गरेको प्रतितपत्रमा तेस्रो बैंकबाट प्रमाणीकरण गरिरहनुपर्ने छैन ।

व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताले नबिलले जारी गरेको अपरिवर्तनीय प्रतितपत्रमार्फत् सोझै अमेरिकी बैंकबाट वित्तीय सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । युएसडिएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रमअन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा भएको बैंकको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?