निर्वाचन आयोगलाई डेरी उद्योगीको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसनले निर्वाचनको दिन पनि दुग्ध क्षेत्रलाई निषेध नगर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा दूध तथा दुग्ध पदार्थ ओसारपसार गर्ने गाडीलाई निर्वाचनको दिन अन्य अत्यावश्यक वस्तु ढुवानी सरह सडकमा सञ्चालन गर्न दिन एसोसिएसनले माग गरेको हो । एसोसिएसनले आयोगले प्रकाशित गरेको सूचनामा दूध छुट्न गएको भन्दै अब प्रकाशित हुने सूचनामा दूधलाई पनि समावेश गराउन आयोगका सचिव गोकर्णमणि दुवाडीलाई ज्ञानपनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा एसोसिएसनले दूध एक अत्यावश्यक वस्तु भएकाले विगतका दिनमा देशभर हुने हरेक बन्द, हड्ताल, महामारी एवं निर्वाचनको समयमा बिना रोकतोक दूध तथा दुग्ध पदार्थ ढुवानी गर्न पाइने व्यवस्था रहेकोमा यसपटक वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनका दिन चल्न पाउने सवारीसाधन भन्ने विषयको प्रकाशित सूचनामा अत्यावश्यक ढुवानी सवारीसाधनमा दूध छुट्न गएकाले समावेश गराई ढुवानीमा सहजीकरण गर्न माग गरेको छ ।

निर्वाचनका दिन अत्यावश्यक ढुवानीबाहेक देशभरका सबै सवारीसाधन अनुमतिबिना सञ्चालन गर्न नपाउने, निर्वाचन आयोगबाट तोकिएका अत्यावश्यक वस्तु, खाद्यान्न, एम्बुलेन्स, पिउने पानी, दूतावासका सवारीसाधन बिनारोकतोक चल्ने, अन्य सवारीसाधनका लागि अनिवार्य पास लिनुपर्ने भनी जानकारी आएको भन्दै दूध अत्यावश्यक वस्तु भएकाले जस्तोसुकै परिस्थितिमा पनि सेवा स्थगित गर्न नहुने एसोसिएसनका महासचिव प्रहृलाद दाहालले बताउनुभएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?