ग्लोबल आइएमई र क्लियरिङ हाउसबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच नेसनल पेमेन्ट स्विचको पहिलो चरणको सुरुवातका लागि नेपाल पे क्युआर सुविधा सुचारू गर्ने सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणअन्तर्गत बिल र गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्धसरकारी बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानी उपलब्ध हुने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?