चियाको मूल्य नपाउँदा किसान मर्कामा

Read Time = 3 mins

प्रकाश नेपाल/हिटा
इलाम । नेपालको सुदूरपूर्वी इलाम चियाले परिचित जिल्ला हो । यहाँका अधिकांश किसान चियाखेतीमा संलग्न छन् तर वर्षौंदेखि चियाको उचित मूल्य नपाउँदा निराश छन् । यहाँका स्थानीयवासीको जीविकोपार्जनको मुख्य स्रोत पनि चियाखेती नै रहेको छ । जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएपछि चिया किसान वर्षौंदेखि मर्कामा पर्दै आएका छन् । नगरमा रहेका अधिकांश चिया उद्योगले विभिन्न कारण देखाउँदै हरियो पत्तीको उचित मूल्य नदिने किसानको गुनासो छ । स्थानीय किसान अम्बरबहादुर लावतीले मूल्य नपाएकै कारण खेती नै परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ तोकिदिएको थियो । नगरले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ नै बनाएर न्यूनतम मूल्य तोकिदिए पनि किसानले भने उक्त मूल्य पाउन सकेका छैनन् ।

कार्यविधिमा किसानले हरियो पत्तीको गुणस्तर कायम राख्नुपर्ने प्रावधान छ, जसमा हरियो पत्तीमा न्यूनतम ४० प्रतिशत सुइरो हुनुपर्ने उल्लेख छ तर कार्यविधिअनुसारको शर्त पालना गराउन प्रभावकारी नियमन छैन । कामदार नपाएपछि किसानले मेसिन प्रयोग गरेर चिया टिप्ने गरेका छन् । मेसिनले चिया टिप्दा गुणस्तरहीन पत्ती आउने गरेको र फर्काउनुपर्ने बाध्यता रहेको सिद्धिविनायक चिया उद्योगका प्रवन्धक अर्जुन तामाङको भनाइ छ ।

लागतअनुसारको मूल्य नपाउने र बिक्री गर्न समस्या हुने गरेको किसानको गुनासो एकातिर छ भने अर्कोतिर उद्योगी किसानले चियाको पत्तीमा गुणस्तर कायम गर्न नसकेकाले मूल्य नपाएको दाबी गर्छन् । इलाममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड रहे तापनि चिया किसान र उद्योगीका समस्या समाधानमा भने चासो दिएको देखिँदैन । बोर्डका अनुसार सूर्योदय नगरपालिकामा ६६ वटा चिया उद्योगअन्तर्गत सात हजार पाँच सय किसान चियाखेतीमा आबद्ध छन् । इलाम, देउमाई र माई नगरपालिका साथै सन्दकपुर गाउँपालिकाका धेरै स्थानमा चियाखेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)