बकैयामा एक पुरुषको शव फेला

Read Time = 1 min

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । गाउँपालिका-२ को कैलेनी भिर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनु भयो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?