मेस्सी र एम्बाप्पेको गोलमा पिएसजी विजयी

Read Time = 2 mins

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेञ्च लिग वान फुटबलमा सानदार जित दर्ता गरेको छ । यो सिजनको लिग वान च्याम्पियन बनिसकेको पिएसजीले घरेलु टोली मोन्टपेलिएरलाई ४-० गोलअन्तरले पराजित गरेको हो । पिएसजीको जितमा मेस्सीले दुई गोल गर्दा केलियन एम्बाप्पेले दुई असिस्टसँगै एक गोल गर्नुभयो । एक गोल एन्जल डि मारियाले थप्नुभयो ।

शनिबार राती भएको खेलको छैटौँ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उहाँले एम्बाप्पेको पासमा गोल गर्नुभयो । उहाँले २०औँ मिनेटमा एम्बाप्पेकै पासमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पार्नुभएको थियो । २६औँ मिनेटमा एञ्जल डि मारियाले तेस्रो गोल गर्नुभयो । यो गोलसँगै पिएसजी पहिलो हाफमा ३-० ले अघि रहेको थियो ।

६०औँ मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिइसक्नुभएका एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको जित पक्का गर्नुभएको थियो । यो जितसँगै च्याम्पियन बनिसकेको पिएसजीको ३७ खेलबाट ८३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मोनाकोलाई १५ अंकले पछि पारेको छ । पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?