प्रारम्भिक मत परिणाम अनुसार महानगर र उपमहानगर पालिकामा सत्ता गठबन्धन हाबी, एमाले रक्षात्मक

Read Time = 11 mins

नारायण भण्डारी/हिटा
काठमाडौं । स्थानीयतह चुनाव २०७८ को मत परिणाम आउने क्रमजारी छ धेरैको चासो रहेको ६ महानगर पालिकाको मतगणना जारी छ। आइतबार राति यो समाचार तयार पारुन्जेलसम्म गरिएको गणना प्रारम्भिक चरणमै छ । ६ महानगर पालिकामध्ये दुई वटामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले ललितपुर र विराटनगर महानगर पालिकामा अग्रता लिएका हुन् । तीव्र प्रतिस्पर्धा हुँदै आएको भरतपुर महानगर पालिकामायो समाचार तयार हुने बेलामा अहिले एमाले उम्मेदवारले झिनो मतको अग्रता लिएका छन् ।

यता मुलुकको राजधानी काठमाडौंको मतपरिणाम पनि निकै रोचक बनिरहेको छ । महानगर पालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ । ११ वटा उपमहानगरमध्ये दाङको तुलसीपुरको वडा नम्बर १७मा जेठ ३ गते चुनाव हुने भएको छ । त्यहाँ वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले चुनाव सरेको थियो । अन्यमा धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । त्यस्तै बाराको कलैयामा एमाले अगाडि रहेको छ भने बाँकीमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । यद्यपि मतगणना गर्न निकै बाँकी रहेकाले अहिले नै नतिजाको आँकलन गर्न सहजभने छैन ।

काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन साहले ४४०४ मतल्याएर अग्रता लिइरहनु भएको छ भने एमालेका केशव स्थापितले २३०३ मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ । उता पोखरा महानगरपालिकामा पनि सत्ता गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका धनराज आचार्यले २०३० मतल्याउँदा एमालेका कृष्णबहादुर थापाले १९३७ मतप्राप्त गर्दै उहाँलाई पछ्याइ रहनुभएको छ । भरतपुर महानगरपालिकामा पनि एमालेका विजय सुवेदी र गठबन्धनकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै जनाले बेला बेलामा अग्रतालिँदै एक अर्कालाई उछिन्ने क्रमपनि चलिरहेको छ । जसअनुसार यो समाचार तयार हुने बेलाको तथ्यांकअनुसार विजय सुवेदीले २८०६ मतल्याएर अग्रता लिनुभएको छ भने माओवादीकी रेणु दाहालले २७९६ मतका साथ उहाँसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

उता ललिलतपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई दोब्बर मतका साथ जितिरहनु भएको छ । महर्जनको १२८१ मत आउँदा व्यञ्जनकारको पक्षमा ५५१ मात्र पुगेको छ । उता वीरगञ्ज महानगरपालिकमा गठबन्धबाट उम्मेदवार बन्नुभएका जसपाका राजेशमान सिंहले २८३२ मतका साथ अग्रता लिइरहनुभएको छ भने एमालेका विजयकुमार सरावगी १२८६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उत्तिकै चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालालाई सुरुदेखि नै अग्रता लिनुभएको छ उहाँले एक हजार मतान्तरले एमालेका सागरकुमार थापालाई पछि पार्नुभएको छ । उहाँले अहिलेसम्म ३५१८ मतपाउँदा एमालेका थापको २५८६ मतपुगेको छ ।

इटहरी उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल ३४३५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइ रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यामकुमार चुंगवाङ सुब्बाले २७२८ मत ल्याउनु भएको छ । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी २९७२ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई एकीकृत समाजवादीका केशवकुमार विष्ट २१९५ मतसहित पछ्याइ रहनुभएको छ ।
धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार किशोर राई १,५८७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । राईलाई पछ्याइ रहनु भएका स्वतन्त्रका हर्कराज राईले १,१११ मत ल्याउनुभएको छ । उमपेयरमा माओवादीका अइन्द्र विक्रम बेघा १,७२९ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई एमालेका पदमप्रसाद लिम्बुले १,०१७ मतसहित पछ्याइ रहनुभएको छ । जनकपुरधाम उपमहानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १,९१८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । सुडीलाई पछ्याइरहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले ९१८मतप्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रसका किशोरी साह १,८७६ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई रुणादेवी झाले ९९६ मतसहित पछ्याइ रहनुभएको छ ।

बाराको कलैया उपमहानगर पालिकाको मेयरमा नेकपा एमालेका विनोदप्रसाद साह १८७८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसका राजेश राययादवले १,१५९ मतसहित पछ्याइ रहनुभएको छ । त्यस्तै उपमेयरमा पनि एमालेकै रौशन परविन १,३२५ मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँलाई जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले ७४० मतसहित पछ्याइ रहनुभएको छ ।
जितपुर सिमरा उपमहानगर पालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल ४,०२९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइरहनु भएकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले ३,३६१ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा कांग्रेसकी मेघा शाही ३,७७९ मतसहित अगाडि रहँदा एमालेका भोलाप्रसाद अधिकारीले ३,५९५ मतसहित पछ्याइ रहनुभएको छ ।

हेटौंडा उपमहानगर पालिकाको मेयरमा राप्रपाका दीपकबहादुर सिंहले २,८६६ मतका साथ अग्रता लिइरहनुभएको छ भने दोस्रोमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामाले २,८५५ मतप्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका (एमाले)का अनन्तप्रसाद पौडेलले २,५८४ मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेसका राजेश बानिया ३,९८२ मतसहित पहिलो स्थानमा हुनुहुन्छ भने एमालेकी सुमित्रा काफ्ले ३,०१६ मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।

बुटवल उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय ४,१२१ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पाण्डेयलाई पछ्याइ रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बाबुराम भट्टराईले २,६५१ मत ल्याउनु भएको छ । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल १४८२ मतसहित अग्रस्थानमा रहँदा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १२८२ मतसहित पछ्याइ रहनुभएको छ ।
दाङको घोराही उपमहानगर पालिकाको मेयरमा एमालेका नरुलाला चौधरी ७,०४५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल ७,०१० मतसहित अग्रस्थानमा हुनुहुन्छ । त्यस्तै उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगी ७४४१ मतसहित अगाडि हुनुहुन्छ भने एमालेकी हुमाकुमारी डीसी ६७८७ मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।.दाङका दुई उपमहानगर पालिकामध्ये अर्को तुलसीपुरमा अहिलेसम्म मतगणना सार्वजनिक भएको छैन ।

नेपालगञ्ज उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट ३,७९६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । विष्टलाई पछ्याइरहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पशुपतिदयाल मिश्राले १,७५१ मत ल्याउनुभएको छ । उता, धनगढी उपमहानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २,४४६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । हमाललाई पछ्याइ रहनुभएका नेपाली कांग्रेसका नृपबहादुर वडले १४४६ मत ल्याउनु भएको छ । त्यस्तै उपमेयरमा नेकपामा ओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी ९०४ मतसहित अगाडि हुनुहुन्छ भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी ६१७ मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?