काठमाडौं महानगरपालिका : बालेन स्थापित भन्दा ४५ सय मतले अगाडी

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ ।

ताजा मतपरिणाम अनुसार बालेन्द्र साहले ९ हजार ६ सय ५ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको हो । त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ५ हजार एक सय ४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत प्राप्त गर्नुभएको काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ ।

वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ । त्यसैगरी वडा २ मा एमालेको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजय हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?