दोलखामा माओवादीका गंगालाई उछिन्दै एमालेका बालकृष्णको अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

दोलखा । दोलखामा नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

एमालेका बालकृष्ण शिवाकोटी र माओवादीका गंगा कार्कीबीच ३६ मतान्तरले कडा प्रतिस्पर्धा भइरहेको हो । शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मतले अगाडि हुनुहुन्छ ।

शिवाकोटीले ३३ हजार ९३९ मत प्राप्त गर्नुभयो । कार्कीले ३३ हजार ९०३ मत ल्याउनुभयो ।

ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले अघि हुनुहुन्थ्यो । मत गणना अन्तिम चरणमा आइपुग्दा प्रतिस्पर्धा पनि रोचक बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?