भीमेश्वर नगरपालिकाले चार झोलुङ्गे पुल निर्माण गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

-नवराज शिवाकोटी(हिटा)

दोलखा । भीमेश्वर नगरपालिकाले चार वटा झोलुङ्गे पुलको निर्माण गर्ने भएको छ । नगरका विभिन्न वडामा रहेका खोलाहरुमा नगरले स्थानीयको आवत जावतलाई सहज गर्न झोलुङ्गे पुलको निर्माण गर्ने भएको हो ।

भीमेश्वर नगरपालिकाका तीनवटा वडाहरुमा स्थानीय हरुको आवतजावतलाई सहज बनाउने उद्देश्यले चारवटा झोलुङ्गे पुल निर्माण गर्न नगर कार्यपालिकाले निर्णय गरेको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो । संघीय शशर्त अनुदान तथा शिविक नेपालको सहकार्यमा ति झोलुङ्गे पुलहरुको निर्माण गर्न लागिएको नगर प्रमुख मानन्धरको भनाई रहेको छ ।

संघिय सशर्त अनुदान अन्तर्गत निर्माण गरिने झोलुङ्गे पुलहरुमा भीमेश्वर नगरपालिका वडा नम्बर एकको सुस्पाक्षमवती स्थित पुलाखोलामा एक तथा भीमेश्वर नगरपालिका वडा नम्बर नौ स्थित सुलसिं खोलामा एक झोलुङ्गे पुलको निर्माण गरिने नगरकार्यपालिकाको बैठकको निर्णयमा उल्लेख छ । यसैगरी वडा नम्बर सातमा रहेको भूतछहरामा एक तथा भीमेश्वर नरपालिका वडा नम्बर एकको कुथली खोलामा एक झोलुङ्गे पुलको निर्माण गर्ने निर्णय भीमेश्वर नगरकार्यपालिकाको बैठकबाट गरिएको भीमेश्वर नगरपालिकाले बताएको छ ।

नगरका ग्रामिण भेगहरुमा वर्षायाममा स्थानीय वासिन्दाहरुलाई आवत जावत गर्न समस्या परिरहेकोले स्थानीयहरुलाई आवतजावतको सहज ब्यवस्था मिलाउनकालागि झोलुङ्गे पुलको ब्यवस्थागर्नुृको विकल्प नभएकोले स्रोत र साधनले भ्याएसम्म झोलुङ्गे पुल निर्माण कार्यलाई नगरले उच्च प्राथमिकतामा राखेको नगरप्रमुख मानन्धरको भनाई छ ।

चालु आवमा निर्माण गर्ने निर्णय भएका झोलुङ्गे पुलहरु क्रमसः प्राथमिकताको आधारमा निर्माण गरिने भीमेश्वर नगरका सव ईञ्जिनीयर लिला जिरेलले बताउनु भयो । वडा नम्बर एक पुलाखोलामा निर्माणहुने झोलुङ्गे पुलको डिपीआर तयार भइसकेको तथा अन्य पुलहरु सर्भे हुने क्रममा रहेको उहाँले बताउनुभयो । चारवटै झोलुङ्गे पुलको निर्माण कार्य चालु आर्थिक वर्ष भित्रै सुरुहुने उहाँको भनाई रहेको छ । चारवटै झोलुङ्गे पुलको निर्माणकालागि १ करोड ५० लाख भन्दा बढी खर्च हुने भीमेश्वर नगरपालिकाको अनुमान रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?