बालेनको १५ हजार मत कट्दा स्थापितको आठ हजार

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले १५ हजार ८४५ मत प्राप्त गर्नुभएको छ ।

शाहलाई निरन्तर पछ्याई रहनुभएका नेकपा (एमाले) का मेयर पदका उम्मेद्वार केशब स्थापितले ८ हजार ३२० मत ल्याउनु भएको छ ।

यस्तै, गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३१५ मत ल्याउनुभएको छ ।

शनिबार बिहान पौने दश बजेबाट मतगणना जारी छ । सुस्त गतिमा चलिरहेको मतगणनामा वडा नम्बर १ र २ को सकिएको छ भने अहिले ३,४,५,६,२९,३०,३१ र ३२ को मत गणना चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?