आजबाट पालिकामा नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु

Read Time = 1 min

काठमाडौं । आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु भएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो ।

नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । नयाँ जनप्रतिनिधिहरुको मतगणना कार्य नसकिएपनि आजबाट नै जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको मानिने छ । तर मतगणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधि बिहीन हुनेछन् ।

७५३ पालिकामा मेयर/अध्यक्ष ७५३ तथा उपमेयर.उपाध्यक्ष गरी ७५३ जना, ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ जना खुला वडा सदस्य गरी ३५ हजार २२१ जना जनप्रतिनिधि रहने व्यवस्था छ ।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?