सुन तस्करी प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको हो ।

राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्ने थप तीनजना कार्गो कम्पनी सञ्चालक रहेका छन् । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिनुभएको छ ।

थप तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परिसकेका छन् । त्यसमध्ये ६ जनालाई बिहीबारनै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । हिजो पक्राउ परेका चिनियाँ नागरिकसहित चारजनालाई भने आज म्याद थप गरिने जनाइएको छ ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

नेपालमा बरामद सुनको परिमाण र पक्राउ परेका आरोपितबाट खुलेका कतिपय तथ्य र प्रमाणले नेपालमा केही खपत भए पनि ठूलो हिस्सा भारततिरै जाने गरेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?