अर्घाखाँचीमा माछा मार्नेक्रममा खोलामा डुबेर काका र भतिजको ज्यान गयो

Read Time = 1 min

-श्याम घिमिरे
अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका र भतिजगरी दुई जनाको ज्यान गएको छ ।

जिल्लाको सितगंगा नगरपालिका वडानम्वर ७ र ९ को सिमानामा पर्ने सितखोलामा सनिवार माछा मार्ने क्रममा पानिमा डुबेर प्युठान नौबहिनी गाउँपालिका–८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उहाँका नजिकैका दाजुका छोरा ११ वर्षीय समुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृतक दुबैको शव जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?