काठमाडौं । निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिम भनिएको छ ।
आयोगको परामर्शमा २०७८ माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते एकैचरणमा देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन