आजको मौसम : यी प्रदेशमा हुनेछ हावा-हुरीसहित वर्षा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने जनाएको छ । विभागकाअनुसार काठमाडौंमा आज (बिहीबार) बिहान झलमल्ल घाम लागेपनि दिउँसोपख वदली भई वर्षा हुने सम्भावना रहेको छ ।

आज बिहान प्रदेश-१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै आज दिउँसो प्रदेश-१, मधेस प्रदेशलगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आजराति प्रदेश–१, मधेस प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

प्रदेश १, मधेस प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?